Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा  रमेश कुमार भट्टराईको नियुक्ति बारेको

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्ति बारेको

मितिः २०८०/०३/२४

प्रभु महालक्ष्मी लाइफको प्रमुख कार्यकारी अधिकृतमा

रमेश कुमार भट्टराईको नियुक्ति बारेको

प्रेस – विज्ञप्ति

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही आषाढ २९ गते हुने निर्णय भइसकेको छ । दुबै कम्पनी बीचमा २०७९ आषाढ ३० गते मर्जरको प्रारम्भिक सहमति र २०८० जेष्ठ  ३ गते अन्तिम सहमति भएको थियो । दुबै सम्झौतामा महालक्ष्मी लाईफका प्रभुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईलाई मर्जर पछिको आगामी ४ वर्षको लागि एकिकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने सहमति भएको थियो । उक्त दुबै सहमतिलाई प्रभु र महालक्ष्मी लाईफको जेष्ठ २६ गते भएको वार्षिक साधारण सभाले अनुमोदन गरे पछि मात्र बीमा प्राधिकरणले नियुक्ति स्वीकृति दिएको हो ।

व्यवस्थापनमा स्नातकोत्तर र कानूनमा स्नातक गर्नु भएका रमेश कुमार भट्टराई महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको स्थापनाकाल देखिको प्रमुख कार्यकारी अधिकृत हुनु हुन्थ्यो ।२०३८ सालमा नेपाल बैंक लि.को अधिकृत बाट बैकिङ करिअर प्रारम्भ गर्नु भएको वहाँ विगत ४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा निरन्तर सेवारत हुनु हुन्छ ।

२०५२ मंसिर १५ गते बीरगंजमा स्थापित महालक्ष्मी फाइनान्स लिमिटेडमा प्रथम पटक वहाँ संस्थापक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त हुनु भएको थियो । त्यस पछि निरन्तर नेपाल लाईफ इन्स्योरेन्स, एशियन लाईफ इन्स्योरेन्स, महालक्ष्मी बिकास बैंक लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत भै कार्यरत हुनु भएको छ । विगत २८ वर्ष देखि निरन्तर कार्यकारी प्रमुख जस्तो नेतृत्वदायी भुमिकामा रहनु भएको वहाँले कार्यरत सबै कम्पनीलाई सफल नेतृत्व प्रदान गर्नु भएकोले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडलाई पनि उचाइमा पुर्‍याउने विश्वास गर्न सकिने जानकारी गराउन चाहन्छौँ।

 

 

 

प्रेस- विज्ञप्ति

मिति २०८०/०३/१० प्रभु....

Bonus Rate

Policy Holder Bonus Rate for the Fiscal Year:....

Prabhu Mahalaxmi Life joint calendar released

मिति २०७९।१२।१४ प्रभु....

4th Anniversary

मिति २०७९।१०।२७      चौथो....

Completion Of Women Empowerment

मिति २०७९।१०।१८ प्रदेश....

Women’s Empowerment program

मिति २०७९।१०।११ “महिला....