Contact Number +977-1 4545740 | 4545741 | 4545742 Contact Email info@mahalaxmilife.com Location Kamalpokhari, Kathmandu
प्रभु महालक्ष्मी लाइफको संचालक मनोनयन

प्रभु महालक्ष्मी लाइफको संचालक मनोनयन

मिति २०८०/०३/२०

प्रभु महालक्ष्मी लाइफको संचालक मनोनयन बारेको

प्रेसविज्ञप्ति

एकिकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार संचालक समिति गठन गरेको छ।७ सदस्यिय संचालक समितिमा प्रभु लाइफको संस्थापक  समूहबाट श्री शिक्षा भट्टचन र श्री मिजास भट्टचन तथा महालक्ष्मी लाईफको तर्फबाट श्री उमेश लाल श्रेष्ठ र श्री सुरेश सापकोटा मनोनित हुनु भएको छ। सर्वसाधारण समूहबाट भने श्री दिपक पाण्डे र श्री शंकर गौतम मनोनित हुनु भएको छ।

२०७९ आषाढ ३० गते भएको मर्जर सम्बन्धी प्रारम्भिक सम्झौता तथा २०८० जेष्ठ ३ गते भएको अन्तिम सम्झौतामा सात सदस्यिय संचालक समिति गठन गर्ने सहमति भएको थियो। स्वतन्त्र संचालकको मनोनयन एकिकृत कारोबार पछिको संचालक समितिले नियुक्त गर्ने सहमति भएको छ।

संचालक समितिको अध्यक्षको हकमा एकिकृत कारोबार पछि बस्ने बैठकले मनोनयन गर्ने र प्रभु लाइफको तर्फबाट मनोनित संचालक अध्यक्ष बन्ने लिखित सहमति भएको जानकारी गराउँदछौँ।